राष्ट्रिय

निफ्राको आईपीओ आज बाँडफाँट

0Shares

काठमाण्डौ, माघ १६ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँट भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ आज शुक्रबार बाँडफाँट गरिएको हो ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकहरु सबैले आवेदन दिए अनुसार नै सेयर हात पारेका छन् ।


६ हजारभन्दा धेरैको आईपीओ आवेदन भने रद्ध भएको छ । योग्य आवेदकमध्ये ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी सबै योग्य आवेदकलाई ५० कित्ताका दरले सेयर परेको क्यापिटलले जनाएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो ।



८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।



आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।

0Shares