पुंजीबजार

निरन्तर ओरालो लाग्दै नेप्से,नयाँ लगानीकर्ता आत्तिदै

0Shares

काठमाडौ,असार २२: आज मंगलबार नेप्से सूचक ५ प्रतिशतले घट्दा दैनिक कारोबार रकम पनि खस्किएको हो।यस दिन नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको छ। यस दिन २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सोमबार ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक मात्रै सकारात्मक भएका छन्। निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेकाे छ। यस्तै बैकिङ, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको सूचक सकारात्मक देखिएको छ।यता लगानी उपसमूहको सूचक भने सर्वाधिक २.१३ प्रतिशतले घटेको छ। हाइड्रोपावर र व्यापार उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ।

0Shares