राष्ट्रिय

निषेधाज्ञा उल्लङ्घन गरेमा जरिवाना सहित एक वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना

0Shares

काठमाडौ,जेठ ११ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञा उल्लङ्घन गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक जानकारी गरेर कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गर्नेलाई एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने जानकारी दिनुभयो हो ।
त्यसैगरि, सार्वजनिक जानकारीमा अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । सार्वजनिक जानकारीअनुसार मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिवाना लिइनेछ ।

0Shares