राष्ट्रिय

नीर्बाचन आयोगले सरकार संग माग्यो खर्च

0Shares

काठमाडौँ, माघ २१ : निर्वाचन आयोगले बर्तमान नेकपाको दुई तीहाई बहुमत प्राप्त दलका प्रधानमंत्री के पी शर्मा ओलीको सरकारले घोषणा गरेको मधयाबधि नीर्बाचन का लागी ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ। आयोगको मंगलबार बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरेको छ ।

आयोगले कोभिड-१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी कार्यविधि तयार गरेको छ। विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ भनी बिज्ञप्तिमा जनाईएको छ।

आयोगले कोभिड-१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थापनका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ खर्च प्रस्ताव गरेको छ । निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको पनि जनाईएको छ।

0Shares