राष्ट्रिय

नुवाकोटमा पुष्टि भयो कोरोनाको डेल्टा प्लस भेरियन्ट

0Shares

काठमाडौ,असार२६ : कोरोनाको दोस्रो लहर चलेसंगे फेरी नुवाकोटमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । त्रिशुली अस्पतालले विज्ञप्ति जारी गर्दै अतर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाइएकोमा तीनवटा नमुनामा डेल्टा र बाँकी एउटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको जनाएको छ ।
अस्पतालले डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्टभन्दा ६० देखि शत प्रतिशतभन्दा बढी संक्रामक रहेको अनुसन्धानले पुष्टि गरेको जनाएको छ । यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ । अस्पताललो सूचना देखेर नआत्तिन र जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ ।

0Shares