राष्ट्रिय

नेकपा एमाले कार्यदलको पहिलो बैठक बस्दै

0Shares

काठमाडौ,जेठ ४ : जेठ दुईमा बनेको नेकपा एमाले कार्यदलको पहिलो बैठक आज दिउसो ३ बजे सिंहदरबारमा बस्ने भएको छ । प्रधानमन्त्री कार्यलयमा बस्न लागेको यो बैठक को जनाकारी प्रधानमन्त्री केपी शर्मा ओली तर्फबाट कार्यदल संयोजक रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दिए। पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय दिएर कार्यदल बनाएका थिए।
कार्यदलमा दुबैतर्फका ५-५ जना नेता छन् । प्रधानमन्त्री ओलीका तर्फबाट नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् । त्यस्तै माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले तीन दिनको समय पाएको थियो। सोमबार कार्यदलको बैठक बसेको थिएन। आइतबार गठन भएको कार्यदललाई २०७५ जेठ २ को संरचनामा लैजानका लागि आवश्यक खाका बनाउन निर्देशन दिइएको छ।

0Shares