राष्ट्रिय

नेकपा एमाले कार्यदलको बैठक आज बस्दै

0Shares

काठमाडौ,असार २५: नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ ।एमालेको विवाद समाधान गर्न केही दिनयता नेताहरु निरन्तर छलफलमा रहे पनि ठोस प्रगाति भने भएको छैन । बिहीबार दुईपटक बसेको बैठकले कुनै निष्कर्ष निकालेन ।
प्रधानमन्त्री एवं अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल गरी एमाले दुई समूहमा विभाजित छ । उनीहरुलाई एक बनाउने प्रयासले अहिले तीव्रता पाएको हो ।कार्यदलका नेपालपक्षीय सदस्य घनश्याम भुसालले बिहीबार साँझको बैठकपछि १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए ।“हामीले १० दिनअघिबाट खास प्रगति गरेका छैनौँ । अनौपचारिक छलफल गरेपछि केही एजेन्डा तयार गरेका थियौँ । तर, विभिन्न कारणले ठोस, खास प्रगति हुन सकेको छैन,” उनले भने ।ओली पक्षका तर्फबाट कार्यदल संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले भने आफू आशावादी रहेको बताएका थिए ।

0Shares