राष्ट्रिय

नेकपा प्रचण्ड-नेपाल पक्षले गरेको आमहड्ताका कारण अर्घाखाँचीमा जनजीवन ठप्प

0Shares

अर्घाखाँची, माघ २२ : नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्ताका कारण अर्घाखाँची जिल्लामा सम्पूर्ण जनजीवन प्रभावित भएको छ । आजको आमहड्ताका कारण बिहानै देखि जिल्ला सदरमुकाम सन्धिखर्कलगायत चुत्राबेसी बजार र जिल्लाभरका बजारतथा शैक्षिक संस्था बन्द भएका छन् । बिहानै देखि जिल्लाका ग्रामिण भेगबाट सन्धिखर्क जाने र जिल्ला सदरमुकामबाट बाहिर जाने सम्पूर्ण सवारी साधन चलेका छैनन् ।


जिल्लाका विभिन्न ठाउँका बजार तथा चोक-चोकमा बन्द गराउन नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरु भेला भएका छन् ।बजार क्षेत्रमा सुरक्षाकर्मीले गस्ति गरि रहेको छभने जिल्लामा कुनै अप्रिय घटना घट्न नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

0Shares