राष्ट्रिय

नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगे

0Shares

काठमाडौ,फागुन २१: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं प्रवेश गरेका हुन् । एक केन्द्रीय सदस्यले भने,“सरकारले पठाउने भनेको हेलिकोप्टर अस्वीकार गर्नुभयो,” ती “राति आउने कुरा थियो तर आउन सक्नुभएन । अहिले बिहान काठमाडौं आउनुभयो ।”विप्लवले बिहान सहिद परिवारलाई भेटेर काठमाडौंतर्फ प्रस्थान गरेको ती नेताले जानकारी दिए ।
आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए । शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । विप्लव समूहका एक नेताले भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’
प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।

0Shares