खेलकुद

नेदरल्यान्ड्सले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्दै

0Shares

काठमाडौ,वैशाख ५: त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्न लागेको हो ।पहिलो खेलमा पराजित भएको नेदरल्यान्ड्सलाई आजको खेलमा जित निकाल्नुपर्ने दबाब छ । नेदरल्यान्ड्स शनिबार नेपालसँग ९ विकेटले पराजित भएको थियो । मलेसियाको भने प्रतियोगितामा यो पहिलो खेल हो ।

0Shares