मनोरंजन

नेपथ्यको रजत उत्सव, तात्यो बुटवल

0Shares

नेपालको चर्चित लोकपप ब्याण्ड नेपथ्यले सोमबार बुटवलका आफ्नो रजत उत्सवको कार्यक्रम मनाएको छ । बुटवल देविनगरस्थित एन्फा एकेडेमीको ग्राउण्डमा नेपथ्यको प्रस्तुतिसँगै नाचे । साङ्गितिक यात्राको क्रममा बुटवल आएको नेपथ्यले लामपाते सुरति गित गाएर अमृत गुरुङ्गले कार्यक्रम शुरु गरे । गुरुङ्गले प्रस्तुतिसँगै बीचबीचमा देशभक्त, शिक्षा, पर्यटन प्रवद्र्धन, चेतनाका नाराहरू सुनाए ।
यसैगरि उनले ‘हिउँ फुल सिरमै, बनफुल मनैमा’, ‘चरि मर्यो सिसैको गोलीले, माया बस्यो त्यो मीठो बोलिले । तालको माछा कोही गन्न सक्दैन, जातै सानो मायामा हँुदैन, माया साथैमा उडायो रेलैले’, ‘जोमसोमै बजारमा, १२ बजे हावा सरररर, ऐ हजुर घर हाम्रो पोखरा, अहिलेसम्म भा छैन घरबार ।’, ‘आकासबाट के उडि आयो, भेडाको उनजस्तो, मायाको फोटो म खिचि लान्छु, पुर्नेको जुन जस्तो ।’ गीत गाउँदा धेरै दर्शक नाचेका थिए ।
उनले ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’, ‘जीवन हो घामछाया, यो जिन्दगानी’, ‘कोशीको पानी’, ‘सानुमा सानु कमलको हाँगा, रेशम’, ‘गाउँगाउँबाट उठ बस्तिबस्तिबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।’ ‘जाम भने जाउ त नि, २–४ महिना घुमेर आउतनी, हिमाल चुचुरे, दाईको मन कस्तो बानी निष्ठुरी…..झ्यालैमा बसेर नजिक्याउ है….’ लगायतको गित सुनाए । एस नेपालको आयोजना तथा नेपालयको प्रस्तुतिमा बुटवलमा भएको कार्यक्रममा दर्शकको उपस्थिति उत्साहजनक रहेको थियो ।

Source:butwaltoday.com

0Shares