राष्ट्रिय

नेपालमा अब कुनै पनि हिंसात्मक छैन:प्रधानमन्त्री

0Shares

काठमाडौ,फागुन २१: विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमतिपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको बताएका छन्। उनले भने, ‘अब तेपालमा हिंसात्मक बाटो छैन। हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन।’
यसअघि नै नेपालको शान्तिको स्थिति प्यारामिटर माथि थियो । अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो?’ उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए । उनले शान्तिको बाटोमा आउँदा विप्लवले साहसिक काम गरेको बताए। उनले भने, ‘यो फोर्सल्याण्डिङ, क्रास ल्याण्डिङ पनि हैन, यो सेफल्याण्डिङ हो।’ कतिपयले रातारात वार्ता भएको भन्दै प्रचार गरेकोमा उनले आलोचना गरे। वार्ता नगरा बजाएर नगरेको भन्दै उनले वार्ता रातारात नभएर वर्षौंदेखि भएको ओलीले बताए।

0Shares