राष्ट्रिय

नेपालमा एकैपटक १ हजार ९६ संक्रमण पुष्टि

0Shares

काठमाडौ,वैशाख ५: नेपालमा एकैपटक १ हजार ९६ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी ५ हजार ८४ वटा नमुना परीक्षण गर्दा १ हजार ९६ संक्रमण पुष्टि भएको हो । देशभर गरेर हाल सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० रहेको छ। केही दिन यता नेपालमा पनि कोभिड १९ को संक्रमण तीब्र बनिरहेको छ । काठमाडौँ उपत्यकामा मात्र ४ सय ३५ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ जना र सबैभ्न्दा बढी काठमाडौँ ३ सय २६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल १ सय १६ जना संक्रमित आइसीयुमा र ४६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

0Shares