नेपालमा कोरोना भाइरसको अवस्था
लेखक:- सुदन पाण्डे
विश्व जगत नै आक्रान्त बनाएको कोरोना ( COVID 19) चीनको हुवान सहरबाट उत्पति भएको,एक प्रकारको भाईरस हो। 31 डीसेम्बर 2019 बाट सुरु भएको यो भाईरस नेपालमा पहीलो पटक माघ ९ गते देखापरेको थियो। त्यसको २ महीना पछी अर्थात् चैत १० गते दोस्रो सक्रमण देखीएको थियो, त्यसैगरी नेपालमा चैत ११ गते बाट लागू हुने गरी नेपाल सरकारले लकडाउन जारी गर्यो। नेपालमा सक्रमण पुष्टि हुदा विश्वमा कोभीड १९ को अबस्था भयावह थीयो, तर त्यो समयमा नेपालको अवस्था भने सामान्य नै थीयो। त्यसपछी बिस्तारै बिस्तारै छिमेकि देश भारतमा पनी यसको प्रभाब बढदो क्रममा देखीयो, भारतमा दीनानुदीन सक्रमीत को सङ्ख्या बढदै जादा खुल्ला सीमानाका का कारण भारतबाट ठूलो सङ्ख्यामा लुकीछिपी नेपालीहरु नेपाल छिरेका कारण नेपालमा यसको प्रभाब बढ्दै गयो , त्यसपछी नेपाल सरकारले खासै अग्रसर नदेखाउदा नेपालमा सक्रमण तीब्र रुपले फैलीरहेको छ। नेपालमा जुन रुपले परीक्षण हुनुपर्ने हो त्यो अनुसार कीट्को अभावका कारण परीक्षण हुन सकेन। नेपालको राजनीतीक वातवरणका कारण विदेश बाट ल्याएका परीक्षणका सामान पनी गुणस्तरीयतामा अछुतो हुन सकेन। आजसम्म नेपालमा RDT बीधीबाट १२५००० भन्दा बढी परीक्षण भएको छ भने PCR बीधीबाट ८०००० भन्दा बढीको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दीएको छ। अहीले भने नेपालमा परीक्षणको दायरा बढाइएको कारण जुन स्थानमा चेकजाच हुन्छ त्यहा सक्रममितको संख्या बढदै गईरहेको पाईएको छ।
डा.अनुप सुबेदी भन्नुहुन्छ “सक्रमीत व्यक्तिको पहिचानमा समेत सुस्तता देखियो,संक्रमित व्यक्ति भेटिएसँगै उसले भेटेका मानिसहरुको पहिचान गर्न नसक्नु नै कोरोना भाईरस बढनुको प्रमुख कारण रहेको छ`।`नेपालमा प्रदेश न. १,२,५ र ७ मा संक्रमितहरुको संख्या उच्च रहेको छ। भारतबाट नेपाल आउने क्रम बढेको बढी छ तर नेपालमा यस सम्बन्धी निर्देशिका बनाउन ढीलो हुँदा सक्रमण फैलीएको विज्ञहरु बताउछन ।
अहीले देशभरीका सार्बजनीक विद्यालयहरुलाई क्वारेन्टाइन बनाएर राखीएको छ। अहीले पनी भारतबाट आउने क्रम जारी नै रहेको छ। भारतबाट आएका सबै लाई पहीला १४ दीन क्वारेन्टाइनमा राखेर चेक जाँच गरी घर पढाउने ब्यबस्था गरेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। क्वारेन्टाइन ब्यबस्थापनको मुख्य जिम्मा लीएका स्थानीय तहका सरकारले आफुहरु संङ्ग बजेट र जनशक्ति सिमित भएका कारण यस्तो अबस्था आएको बताउछन । खाना खुबाउने क्वारेन्टाइन ब्यबस्थापन गर्ने देखि लिएर परीक्षणको ब्यबस्थापन सम्मको काम हाम्रो काधमा आएपछी कसरी सकीन्छ भन्ने गुनासो एकजना पालिका अध्यक्षले गरेका छन ।स्थानीय तहमा अहीले सम्म आइसोलेसन बनाउनेबारे भने सरकारसंग कुनैपनि कार्यविधि समेत नभएको ले अन्योल भयको बताउछन। स्वास्थ्य मन्त्रालय भन्छ सक्रमीत को संख्या तीन हजारको हाराहारीमा पुगिसकेकाले अब हामी छीट्टै कार्यविधि ल्याउछौ। डा सुवेदी भन्नुहुन्छ नेपालमा कोरोना संक्रमितको सङ्ख्या दश हजार सम्म पुग्नसक्छ ।