राष्ट्रिय

नेपालमा कोरोना भाइरसको डबल म्युटेन्ट भेरिएन्ट

0Shares

काठमाडौ,वैशाख २: नेपालमा कोरोना भाइरसको डबल म्युटेन्ट भेरिएन्ट भेटिएको छ । मुलुकमै पहिलो पटक कोरोनाको डबल म्युटेन्ट भेरिएन्ट भेटिएको हो ।ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरि’एन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भने, ‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ ।पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ । कान्तिपुर दैनिकमा बाट

0Shares