राष्ट्रिय

नेपालमा थप १२ सय ८१ जनामा कोरोना, ८ जनाको मृत्यु

0Shares

काठमाडौ,वैशाख ६ : पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । जसमध्ये १ सय ४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । काठमाडौ उपत्यकामा मात्रै २४ जना भेन्टिलेटरमा छन् ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ५५ रहेको छ ।कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ

0Shares