राष्ट्रिय

नेपालमा हालसम्म १९१ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।यससङै हाल सम्म नेपालमा कोरोना सन्क्रमितको संख्या १९१ पुगेको छ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

0Shares