खेलकुद

नेपालले बनायो २०७ रन

0Shares

काठमाडौ,वैशाख ७: नेपालले नेदरल्याण्डलाई २०७ रनको विशाल लक्ष्य  दिएको छ। राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मंगलबार नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैं २०६ रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। भुर्तेलले ६२ रन बनाउँदा ऐरीले ६० रन जोडे।टी-२० मा नेपालको यो दोस्रो ठूलो उच्च स्कोर हो। यसअघि सन् २०१९ मा भुटानविरुद्ध बनाएको २३६ रन नेपालको टी-२० को उच्च स्कोर हो।

0Shares