खेलकुद

नेपालले शनिबारबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दै

0Shares

काठमाडौ,वैशाख ३: कोरोना भाइरसको महामारीका कारण नेपालले करिब १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ ।नेपालले शनिबारबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दै छ । तीन देश सञ्चालित प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग खेल्दैछ ।प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ । लामो समयपछि प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाललाई घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । जसका लागि आफूहरु तयार भएको राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए ।“घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्श गर्नु हाम्रो मुख्य लक्ष्य हो । घरेलु प्रतियोगितामा सहभागिता जनाएका खेलाडीका लागि अन्तराष्ट्रिय प्रतियोगिताले केही निखारता ल्याउने छ । त्यसै कारण यो प्रतियोगिता सबैका लागि महत्वपूर्ण छ,” कप्तान मल्लले भने ।

नेपालले लामो समयदेखि भोग्दै आएको ब्याटिङको समस्या यो प्रतियोगितामा देख्नुनपर्ने कप्तान मल्ल बताउँछन् । उनले सकेसम्म ब्याटिङ लाइनलाई बलियो बनाउने आफूहरूको मुख्य योजना भएको बताए ।“ब्याटिङमा नेपाली टोलीको पहिले देखि समस्या देखि रहेको छ । यसमा हामी धेरै पटक चुकेका छौं । अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा हामीलाई केही असहज भने हुन्छ नै । पछिल्लो समय घरेलु प्रतियोगितामा खेलाडीले ब्याटिङमा देखाएको निखारताले पक्कै राम्रो म्यासेज जान्छ,” मल्लले भने ।मल्लले ओपनिङमा आसिफ, कुसलको सम्भावनालाई बताए । आफूसँगै कुन खेलाडी आउने भन्ने अहिले नै तय नभएको बताए । उनले आफू पनि आउने या नआउने भन्ने कुरा अहिले नै आकलन गर्न नसकिने बताए ।“अहिले नै ओपनरहरुको पाटोलाई तय गर्न सकिएको छैन । म, कुसल र आसिफ मुख्य रोजाइमा छौं । हेरौँ प्रशिक्षकले के रोल दिनु हुनेछ,” मल्लले भने । मल्ल मलेसिया र नेदरल्यान्ड्स दुबै टोलीसँगको प्रदर्शलाई लिएर सजक छन् ।नेदरल्यान्ड र नेपालको हालसम्मको नतिजा हेर्ने हो भने नेपालले नेदरल्यान्डसँग ८ खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । यता मलेसिया पनि पछिल्लो समय बलियो टोलीको रुपमा प्रस्तुत छ । मल्लले ग्लोबल छनोटका लागि अहिले देखिनै टिमको रणनीति बनाइरहेको बताए । अहिलेबाट गरेको तयारीले टिमलाई सबै प्रदर्शनले सहज बनाउने उनी बताउँछन् । अबको लक्ष्य सन् २०२२ को टी–ट्वान्टी विश्वकप भएकाले त्यसैकै लागि आफूहरूले तयारी गरि रहेको उनले बताए ।“हाम्रो अबको लक्ष्य सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउनु हो । त्यसका लागि नेपालले ग्लोबल छनोट खेल्नेछ । उक्त छनोटका लागि अहिले देखि नै रणनिति बनाइ रहेका छौं । तयारी पनि त्यही हिसावमा छ,” मल्लले भने ।

0Shares