राष्ट्रिय

नेपाली काग्रेसमा शेरबहादुर देउवाको गौरवपूर्ण योगदान

0Shares

काठमाडौ,असार २१: कम्युनिष्ट शासन पद्धति र कम्युनिष्ट अर्थतन्त्रले काम गर्न सक्दैन । यसको कुनै भविष्य छैन भन्ने सन्दर्भ देउवाले सजिलै हिजो नै आँकलन गरेर बोलिसकेको कुरा अहिलेको नेकपा एमालेको सरकारले पनि स्पष्ट पारेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (हाल सर्वोच्च अदालतले अवैध ठहर गरेपछि पुरानै पार्टी छुट्टिएको अवस्था) को स्पष्ट बहुमतको सरकारले नै बताएको थियो । नेपाली कांग्रेस यहाँसम्म आइपुग्नुमा हाम्रा आदरणीय नेताहरू बीपी, गणेशमान, सुवर्ण, किसुनजी, गिरिजाबाबु, सुशील कोइरालासँगै वर्तमान सभापति शेरबहादुर देउवा पनि एक महत्त्वपूर्ण पात्रको रुपमा चिनिन्छ्न् । यिनै शीर्ष नेताहरूले निर्माण गरेको जगमा अहिलेको आवश्यकता अनुरुपको सक्षम र सबल पार्टी पुनःनिर्माण गर्न यो राष्ट्र आजको लोकतान्त्रिक अवस्थासम्म आइपुग्नु कांग्रेस र शेरबहादुर देउवाको उत्तिकै गौरवपूर्ण योगदान रहेको छ ।
शेरबहादुर देउवा कांग्रेस नेतृत्वमा संगठनकर्ता, मूल्यमान्यतामा आधारित राष्ट्रियय विकासको दीर्घकालीन सोच र जनताले भरोसा गर्ने व्यक्तित्व पनि हुन् । यसको प्रमाण उनी धेरै पटक प्रधानमन्त्री भएबाट पनि स्पष्टै हुन्छ । त्यसकारण पनि उनी फेरि कांग्रेसको नेतृत्वमा आउन इच्छुक छन् । उनले यसअघि सरकारको नेतृत्व गर्ने क्रममा समग्रमा गरेका काम अहिलेसम्म अविस्मरणीय छ्न् । पछाडि परेका समुदायको लागि देउवा जहिले पनि अग्रपंक्तिमा बसेर काम गर्छन् र सबैलाई समान व्यवहार गर्ने उनको खुबी छ। अझै भन्नुपर्दा कर्णालीमा जन्मेर आफ्नो कुरा सम्म राख्न नसक्ने म जस्ता लाखौं अबोला महिला, दलित, जनजाति, मधेसी र पिछडा वर्गको समग्र मानिसको हक अधिकार लागि बुलन्द आवाज उठाइ कार्यान्वयन गर्ने गराउने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले पार्टीभित्र र राज्यका हरेक संरचना समावेशी समानुपातिक समावेशीकरणको आवाज उठाउने समुदायको प्रतिनिधित्व सुनिश्चित गराउने पहिलो व्यक्ति नै देउवा हुन् । देउवाले अगाडि सारेका उल्लेखनीय कार्यक्रममा दलित जनजाति छात्रवृत्ति कार्यक्रम २०५२, उपेक्षित उत्पीडित र दलित विकास समिति कार्यक्रम २०५४, जनजाति विकास समिति २०५४ गठन गर्ने र बृहत आर्थिक सामाजिक रुपान्तरण सम्बन्धी संसदमा ८ बुँदे घोषणा पत्र २०५८ जारी, राष्ट्रिय दलित आयोग २०५८, आदिवासी जनजाति विकास प्रतिष्ठान २०५८ स्थापना गर्ने र महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार दिन मुलुकी एेनको एघारौं संशोधन २०५९, कमैया मुक्तिको घोषणा २०५८ तथा आफ्नै पार्टी नेपाली कांग्रेसमा कर्णाली, दलित, महिला, जनजाति र मधेसीलाई समानुपातिक सहभागिता गराउनै पर्छ भनेर (कदमजम) को सिद्धान्त लागू, २०७५ मा नेपाली कांग्रेस दलित, महिला, जनजाति, मधेसी, खस आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र एवं अपांगता भएका व्यक्तिलाई पार्टीभित्र सहमहामन्त्री पद विधानमै सुनिश्चित गराउने व्यक्ति देउवा नै हुन् ।

0Shares