राष्ट्रिय

नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दै

0Shares

काठमाडौ,वैशाख ३० : बहुमतको सरकार गठन दाबी गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।
बिहीबार बिहान देउवा निवासमा भएको जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाएका हुन् । सत्ता साझेदारीका लागि तयार माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि अपराह्न ५ बजेका लागि बोलाइएको छ एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् । यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रतिक्रिया दिएका छन् । यता नेपाल निकट कानुन व्यवसायीहरुले उनलाई राजीनामा नगर्न सुझाव दिएका छन् ।

0Shares