राष्ट्रिय

नेपाली कांग्रेसको विरोध गरेपछि सुचना प्रविधीसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइयो

0Shares

काठमाडौ,चैत २६: विवादास्पद सुचना प्रविधीसम्बन्धी विधेयक प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ । आज बस्ने बैठकका लागि संसद सचिवालयले बुधबार सार्वजनिक गरेको कार्यसूचीमा सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समावेश गरिएको थियो ।

बैठकअघि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको हो ।विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय भएको थियो । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज पेश गर्ने कार्यसूची सार्वजनिक भएको हो । जुन विधेयक विवादित छ ।२०७६ पुस १३ मा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत राख्दाराख्दै संसदको विकास तथा प्रविधि समितिले उक्त विधेयक बहुमतले पारित गरेको थियो ।

0Shares