राष्ट्रिय

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

0Shares

काठमाडौ,फागुन १९: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २३ गते संसद बैठक बस्ने भएकाले संसदमा कसरी प्रस्तुत हुने भन्ने छलफल गर्नकालागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ फागुनका लागि संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए । ‘संसद बैठक २३ गते बस्दै छ, सो बैठकमा हामी कसरी जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाईएको हो,’ कांग्रेस प्रमुख सचेतक खाँणले भने ।

कांग्रेसले संसदमा प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव आउने अवस्थामा कसरी जाने भन्ने विषयमा बैठकबाट ठोस निणर्य गर्ने छ । एक नेताले भने ‘यो अवस्थामा असंवैधानिक कदम अंगाल्ने पक्षलाई साथ दिने त हुँदैन तर नेकपा एउटै भएकाले के गर्ने भन्ने समस्यामा कांग्रेस छ, उनीहरु संसदमा कसरी आउछन्, त्यही अनुसार कांग्रेस अघि बढ्ने भन्ने छ’।बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने छन् । यसअघि पदाकिारी बैठकमासमेत सभापति देउवाले नेकपाका दुवै समूहबाट आएका सत्ता सहकार्यको प्रस्तावबारे जानकारी गराएका थिए ।सो बैठकले नेकपा भित्र आन्तरिक विवाद बढेपनि बैधानिक रुपमा एकै रहेकाले नेकपाको कुन पक्षसँग मिलेर अघि बढ्ने भन्ने निणर्य तत्काल नगर्ने निर्णय गरेको थियो ।

0Shares