राष्ट्रिय

नेपाली कांग्रेस पदाधिकारीहरूको बैठक बस्दै

0Shares

काठमाडौ,चैत २९: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्।आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ।

‘१४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो,। सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो। कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ।अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन्। बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ।कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि थालेको छ। गत चैत २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको थियो।गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए। जसपाले पार्टीमा छलफल गर्न भन्दै समय मागेको छ।

0Shares