राष्ट्रिय

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १ ‘क’ अर्घाखाँची द्वारा वृहत विरोध सभा कार्यक्रम सम्पन्न

0Shares

काठमाण्डौ, पुस २६: जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा ! उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा !! भन्ने मुल नाराका साथ नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १ ‘क’ अर्घाखाँची द्वारा वृहत विरोध सभा कार्यक्रम किमडाँडा को लामिडाँडामा सम्पन्न गरिएको छ ।कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १ ‘क’ का सभापति श्री केशव राज कुँवर ज्यु को अध्यक्षता ,प्रमुख अतिथि आमन्त्रित केन्द्रीय सदस्य श्री वालकृष्ण पाण्डे ज्यु ,विशिष्ट अतिथि जिल्ला कार्यसमिति सभापति श्री विस्नु प्रसाद खनाल ‘मुस्कान’ ज्युको आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल सचेतक प्रदेश सभा सदस्य निर्मला क्षेत्री,जिल्ला सचिव विष्णु प्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि लोकेन्द्र विश्वकर्मा, महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद खनाल, महाधिवेशन प्रतिनिधि मोहम्मद सफर मिया, जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, जिल्ला सदस्य पिताम्बर खनाल, जिल्ला सदस्य मणिराम परियार, सन्धिखर्क नगर सभापति विनोद आचार्य, ट्रेड युनियन कांग्रेसका लुम्विनी प्रदेश सचिव नन्दराम भट्टराई, मालारानी गाउँ पालिका संयोजक शोभाखर खनाल,जिल्ला आमन्त्रीत सदस्य हुम प्रसाद बन्जाडे, छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी, सन्धिखर्क १२ का वडा सभापति लिलाधर बस्याल, नेपाल महिला संघका उपाध्यक्ष जानका बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ‘क’ उप सभापति कृष्ण वेल्वासेको स्वागत मन्तब्य र सचिव तारा प्रसाद फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो ।

0Shares