राष्ट्रिय

नेपाली बजारमा विद्युतिय गाडी सफल होला त्

0Shares

काठमाडौ,असार २४: नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले भर्चुअल कार्यक्रममार्फत बुधबार निसान लिफ सार्वजनिक गरेको हो ।पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणकाबीच ‘बोल्ड प्रिमियम लुक्स’ र अत्याधुनिक फिचरका साथ निसान लिफ नेपाली बजारमा आएको हो ।
निसान ब्राण्डको फ्लेगसिप र सतप्रतिशत विद्युतीय कार अल न्यु निसान लिफमा उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता भएको कम्पनीले बताएको छ ।निशानको डिजाइनको कुरा गर्दा यो एउटा पाँच सिटको ह्याचब्याक कार हो । अत्याधुनिक, उर्जा दक्षता र एरोडाइनमिक डिजाइनयुक्त निसान लिफको एक्सटेरियर लुक्सले बलियो ब्राण्डको झलक दिन्छ । निसान लिफको इन्टेलिजेन्ट ड्राइभिङ, पावर र इन्टिग्रेसनको उदाहरणीय समायोजन हो ।सतप्रतिशत विद्युतीय र शून्य कार्बन उत्सर्जनको मूल उद्देश्य बोकेका निसान लिफको चार्जिङ सुविधा काठमाडौंमा निसानको हरेक डिलरसिपमा उपलब्ध छ । यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ ।

0Shares