नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर हुने
काठमाडौ,वैशाख ५: नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बैशाख १५ भित्रै मर्जर हुने भएको छ । दुई बैंकबीच औपचारिकरुपमै मर्जरमा जाने सैद्दान्तिक समझदारी (एमओयू)मा हस्ताक्षर हुने भएको छ ।
बिहीबार बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट अनुमोदन गरेसँगै दुई बैंकबीचको मर्जर प्रक्रियाले गति लिएको हो । अध्यक्ष तुलसीराम गौतम झन्डै एक महिना बिरामी भएपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्न सकेको थिएन ।इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले चैत पहिलो साता नै डीडीए रिपोर्ट अनुमोदन गरेको थियो ।दुबै बैंकका उच्च अधिकारीहरुले छिट्टै एमओयूमा हस्ताक्षर गर्ने तयारी भइरहेको जनाइएको छ ।ka