राष्ट्रिय

नेपाल टेलिकमका ग्राहकलाई २२ प्रतिशत सेयर

0Shares

काठमाडौ,जेठ १६ : सरकारले नेपाल टेलिकमका ग्राहकलाई २२ प्रतिशत सेयर बिक्री गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । टेलिकमका ल्यान्डलाइन, मोबाइल र इन्टरनेटका सेवाग्राहकले सेयर खरिद गर्न पाउने छन् ।
आगामी पुस मसान्तसम्म कम्पनीका यी तीनमध्ये एक सेवाको ग्राहक बन्ने व्यक्तिले सेयर खरिद प्रक्रियामा भाग लिन पाउने बजेट मन्तव्यमा उल्लेख छ । कम्पनीको सेयर बाँडफाँट प्रक्रिया र सेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गरिने बजेटमा उल्लेख छ ।

0Shares