राष्ट्रिय

नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर

0Shares

काठमाडौ,जेठ १० : शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌सद् सचिवालयमा जम्मा भइसकेका छन् ।
नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । यसअघि नेपाल पक्षबाट ३० जनाले हस्ताक्षर गर्ने अर्की सांसद निरादेवी जैरुले बताएकी थिइन् । केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् । सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट र नारायण खतिवडा भने नेपाल समूहतिरै आएर हस्ताक्षर गरेका छन् ।

0Shares