बैंक तथा वित्तिय

नेपाल बैंकले माग्यो कर्मचारी

0Shares

काठमाडौ,फागुन २१: नेपाल बैंकले सहायक प्रबन्धक, सीएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकसहित १९२ पदमा आवेदन आह्वान गरेको हो ।नेपाल बैंकले करिब दुईसय जनाका लागि दरखास्त आह्वान गरेको छ ।

 बैंकका अनुसार अनलाइन दरखास्त फारम भर्न सकिने छ । तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ। रिक्त पदहरूमा खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ । ।आजदेखि चैत १२ गतेसम्म अनलाइन दरखास्त दिने समय तोकिएको छ ।

0Shares