राष्ट्रिय

नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक

0Shares

काठमाडौ,असार ३१: नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले असार ३० गते मोबाइल एप सार्वजनिक गरेको हो ।बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले भर्चुअल माध्यमबाट उक्त मोबाइल एपको सार्वजनिक गरेकी हुन् ।
बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरु उक्त मोबाइल एपमा पाइने केन्द्रीय बैंकले जनाएको छ ।मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच पुग्ने बैंकको अपेक्षा रहेको छ ।उक्त एप हालको ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझाबको आधारमा यसलाई थप परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ । हाललाई एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । यसलाई क्रमिक रुपमा आइओएस अपरेटिङ सिस्टममा पनि लगिने बैंकको भनाई छ ।

0Shares