खेलकुद

नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

0Shares

काठमाडौ,वैशाख ७: त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत चौथों खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल आज(मंगलबार) दिउँसो १:१५ मा त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै, नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो ।
नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको छ । आजको खेलमा विजयी भए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । उता नेदरल्याण्ड्स पहिलो हारको बदला लिने दाउमा हुनेछ ।नेपालले दुवै खेलमा उत्कृष्ट ब्याटिङका गर्दै सहज जित निकालेको थियो । नेपालका दुई युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले शानदार प्रदर्शन गर्दै आएका छन् ।मलेसियालाई हराउँदै लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक डेभ वाटमोरले नेदरल्याण्ड्ससँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।नेपालले पछिल्ला दुई खेलमा नेदरल्याण्ड्सलाई हराएको छ । साथै घरेलु मैदानमा खेल्दा नेपालको मनोबल उच्च हुनेछ ।

0Shares