पुंजीबजार

नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डासहित सभा

0Shares

काठमाडौ,साउन ४: नेपाल लाइफ इन्स्योरेन्सले साउन २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।कम्पनीले आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डासहित सभा बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।यता, एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा कम्पनीको कर्पोरेट कार्यालय कमलादी काठमाडौंमा दिउसो ३ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।सन नेपाल आइपीओ निष्कासनका लागि रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।यता, कम्पनीले आइपीओ निष्कासनका लागि रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन । बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । सन नेपाल लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरको छ ।

0Shares