राष्ट्रिय

नेप्सेमा दाेहाेराे अंककाे गिरावट

0Shares

काठमाडौ,असार २१: चालु आर्थिक वर्ष सकिन लागेको छ । असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई कर तथा किस्ताहरू तिर्नलाई तनाव थपिएको छ । करहरू चुक्ता गर्न लगानीकर्ताको लगानी सेयर बजारबाट बाहिरिएको छ । त्यसको प्रभाव बजारमा देखिएको छ । साताको दोश्रो दिन आज (सोमबार) पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । हिजाे आइतबार नेप्से परिसूचक ८.४८ अंकले घट्दा जम्मा ५ अर्ब ५ करोडकाे काराेबार भएकाे थियाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ विन्दुमा झरेकाे छ । नेप्से ०.४२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.०४ अंकले घटेर ५२८.४१ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे एक कराेड ६३ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ ।त्यसैगरी, आइतबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४१ कराेड २० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाउँदा गाेर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमश : हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हाइड्रोइडलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र एनआइसी एशिया बैंक रहेका छन् ।सोमबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : विशाल बजार, हिमालयन डिष्टीलरी, छ्याङ्दी हाइड्रोपावर, १२ प्रतिशतल गुडविल फाइनान्स २०८३, सिइडिबी हाइड्रोपावर, नेपाल ल्युव आयल, हाइड्रोइडलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरशन र शिवम् सिमेन्ट रहेका छन् ।सोमबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : गोर्खाज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अपर तामाकोशी, सेन्ट्रल फाइनान्स, युनाइटेड इदी मर्दी र पाँचथर पावर रहेका छन् ।

0Shares