पुंजीबजार

नेप्से परिसूचकमा सामान्य करेक्सन

0Shares

काठमाडौ,चैत २५: निरन्तर ६ दिनको वृद्धिपछि बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको छ। गत साताको मंगलबारदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंकको करेक्सन भएको हो।पछिल्लो ६ दिनमा नेप्से परिसूचक १३०.९५ अंक बढेकोमा यस दिन करिब ३ अंकको करेक्सन भएको हो।

साताको पहिलो कारोबार दिनदेखि नै दैनिक नयाँ रेकर्ड बनाइरहेको नेप्से, यस दिन २.८५ अंक घटेर २६७१.६२ विन्दुमा झरेको छ। तर, यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक बढेर ४७६.८० विन्दुमा पुगेको छ।यस दिन २१५ कम्पनीको ७६ हजार ५९१ पटकको कारोबारमा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

0Shares