पुंजीबजार

नेप्से मा नागरिक लगानी कोष (CIT) को हकप्रद शेयर सूचीकृत

0Shares

काठमाडौ,वैशाख ६: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (CIT) को हकप्रद सहित चार कम्पनीको करिब ४ करोड कित्ता शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा ३ करोड ९३ लाख ६१ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो ।नागरिक लगानी कोषको हकप्रद,नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस, गरिमा विकास बैंक बोनस र साना किसान लघुवित्त वित्तिय संस्थाको हकप्रद र बोनस शेयर गरी सो बराबरको शेयर सूचीकृत भएको हो ।नेप्सेमा नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ६९२.७३ कित्ता शेयर सूचीकृत भएको छ । कोषले शेयरधनीलाई वितरण गरेको ८२.८४ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

नेपाल इनभेष्टमेन्ट बैंक (NIB) को पनि १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।यस्तै गरिमा विकास बैंक (GBBL) को ४३ लाख ७२ हजार २३०.७३ कित्ता शेयर सूचीकृत भएको छ । गरिमाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।किसान लघुवित्त वितीय संस्था (SKBBL) को २५ लाख ५७३.६४ कित्ता बोनस शेयर र १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।यस्तै यस अघि सूचीकृत हुन बाँकी रहेको हकप्रद शेयर पनि नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेमा सूचीकृत उक्त शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

0Shares