पुंजीबजार

नेप्से सूचक फेरि ३ हजार विन्दुभन्दा माथि

0Shares

काठमाडौ,साउन १०: एक महिनाभन्दा लामो अवधिको करेक्सनपछि नेप्से सूचक फेरि ३ हजार विन्दुभन्दा माथि आइपुगेको छ । सूचकले गत साता आम लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने विन्दुलाई पार गरेर बसेको हो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बजारले फेरि नयाँ र सकारात्मक संकेतहरु देखाइरहेको छ । बैंकमा तरलता निकै सहज भएको छ । बैंकहरुले सस्तो ब्याजदरमा सेयर कर्जा दिएका छन् । नयाँ अर्थमन्त्री पनि सेयर बजारप्रति सकारात्मक देखिएका छन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । अहिलेको नीति अन्तिम प्रहरमा गएर परिवर्तन भएन भने पुँजी बजारलाई नकारात्मक असर पर्ने गरी नीति नआउने भनिएको छ । यी यावत् पक्षहरुका कारण सेयर बजारको आगामी गति थप सुखद् र सकारात्मक हुने अपेक्षा गरिएको छ । आम लगानीकर्ताहरुले राम्रो वित्तीय सूचक भएका कम्पनी छनोट गरी अघि बढ्न सक्नुपर्छ ।

0Shares