पुंजीबजार

नेशनल हाइड्रोपावरले डाक्यो साधारण सभा

0Shares

काठमाडौ,चैत १९: नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चैत २७ गते, डेलिश ओपेरा रेष्ट्रो बैंक्वेट, बालुवाटारमा २४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।सभाले लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने, अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धी आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १३ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

0Shares