राष्ट्रिय

पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

0Shares

काठमाडौ,जेठ १५ : सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए । मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।

0Shares