खेलकुद

पन्जाब किङ्सले मुम्बई इन्डियन्ससँग खेल्दै

0Shares

काठमाडौ,वैशाख १०: इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शक्रबार) पन्जाब किङ्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । एम चिदामबर्मा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ । आजको खेलमा मुम्बई जित निकाल्दै आफूलाई तालिकाका बलियो बनाउने योजनामा रहेको छ । लिगमा ४ खेल खेलेको मुम्बई ४ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ । मुम्बईले लिगमा चार खेल खेल्दै दुई खेलमा जित निकालेको छ । यता पन्जाब पनि लिगमा दोस्रो जितको खोजिमा हुनेछ ।

0Shares