राष्ट्रिय

परराष्ट्रमन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक

0Shares

काठमाडौ,जेठ २२ : नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले सामाजिक सञ्‍जालमार्फत करिब सवा ३ वर्ष परराष्ट्रमन्त्रीका रुपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका हुन् ।

उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् । त्यसैगगरी आफूले प्रयोग गर्दै आएको सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने जानकारी ज्ञवालीले गराएका छन् ।

0Shares