पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
काठमाडौ,वैशाख १९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ ।
‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले भने । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने सामान्य छ । तर, मन्त्री पत्नी फुयाललाई भने अस्पताल भर्नाको तयारी भइरहेको छ ।