राष्ट्रिय

पर्सामा दुई न्यायाधीशसहित ८८ जनालाई कोरोना पुष्टि

0Shares

काठमाडौ,वैशाख ९ : वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन्।१ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ। बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो। संक्रमितमध्ये २४ जना महिला छन्। पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका एक एक जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। पर्साका ७९ संक्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन्।

0Shares