Uncategorizedराष्ट्रिय

पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने

0Shares

३० मंसिर, काठमाडौं ।— कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गते बुधबारदेखि सर्वसाधारणका लागि खुला गर्न लागिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा क्षमापूजा गरिएको छ । लामो समय मन्दिर बन्द राख्नुपरेकाले क्षमापूजा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।क्षमापूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुगेकी थिइन् । प्राचीनकालदेखि पशुपतिनाथमा नियमित रूपमा पूजा हुँदै आएकोमा कोरोनाकै कारण रोकिएको थियो ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट सर्वसाधारणलाई प्रवेश गर्न दिइनेछ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।मन्दिर प्रवेश गर्नेहरूले मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।

0Shares