राष्ट्रिय

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा नयाँ नेतृत्व

0Shares

काठमाडौ,चैत १: पश्चिम नेपाल बस व्यवसायी प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वको समुहले बहुसंख्यक सिट जितेको छ । यातायात व्यवसायी संस्थाको मानिएका प्रालिमा अब खरेल अध्यक्ष बन्ने बाटो खुलेको हो ।दुई समुह बनाएर चुवानी मैदान उत्तिएका थिए । निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल (१३३८ ) सहित जीवन कुमार बन्जाडे (१५३०), रामचन्द्र भुसाल (१३८६), मोहन पिएस(१४८४), चेतनारायण बेल्वासे (१३५७), नारायण प्रसाद घिमिरे (११४६), गोपाल पौडेल (१२९०)र कृष्णप्रसाद सापकोटा सागर (११४९) विजयी भएका छन् । त्यसैगरी पदमराज गाहाको प्यानलबाट गाहा (१३८९) सहित कृष्ण प्रसाद पाण्डे (१११७) र सुरेन्द्र श्रेष्ठ (१४२२)ले जित हासिल गरेका छन् ।
खरेलको प्यानलबाट ऋषिराम डुम्रे, कुश्माखर रेग्मी र जितेन्द्र श्रेष्ठ पराजित भए भने गाहाको प्यानलबाट कृष्णप्रसाद बेलवासे रमेशकुमार अधिकारी, प्रेम गौचन, लालबहादुर गुप्ता एलजी, सोभाखर भण्डारी, प्रेम गौचन रुक्मांगद पाण्डे र दिपेन्द्र श्रेष्ठ पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस व्यवसायी संघ सरकारले नविकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएपश्चात ११ जना सञ्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने व्यवस्था छ । प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन् भने २ हजार ३ सय ९६ जना मतदाता रहेकोमा २ हजार ८६ जनाले मतदान गरेका थिए ।

0Shares