राष्ट्रिय

पहिलो चरणको खोप लगाएका लाई दोस्रो मात्रा वैशााख ७ देखि ११ गतेसम्म

0Shares

काठमाडौ,चैत ५: कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने भएको छ।मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो।
पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए। जागेश्वर गौतमले दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जानकारी दिए।दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो।यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ।

0Shares