खेलकुद

पानी परेपछि आजको खेल रोकियो

0Shares

काठमाडौ,वैशाख ८: त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेदरल्याण्ड्स र मलेसियाबीचको खेल वर्षाका कारण रोकिएको छ। मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेको थियो। त्यसपछि खेल रोकिएको छ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ। मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ। नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।

0Shares