राष्ट्रिय

पार्टी बनाउन लागौं : देउवा

0Shares

काठमाडौ,चैत ८: ‘चुनाव जहिले पनि आउन सक्छ । पार्टी एक बनाए बहुमत आउन सक्छ,’ चितवनको रत्ननगरमा पार्टीको तरुण विभागले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यस्तो बेला पनि शेरबहादुर प्रधानमन्त्री किन बनेन भन्छन् !’ कांग्रेस सभापति शेरबहादुर देउवाले डेढ–दुई वर्षमै चुनाव हुने अवस्था रहेकाले अब प्रधानमन्त्रीभन्दा पार्टी बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याए पनि माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता नलिएकाले अहिलेको सरकारसँग बहुमत रहेको उनले बताए ।

सभापति देउवाले पार्टीभित्र झगडा हुनु ठूलो कुरा नभएको बताए । ‘एमालेमा झगडा छ । ओली र माधवमा झगडा छ । त्यो अस्वाभाविक हैन नि ! झगडा त हाम्रो पार्टीमा पनि छ । फेरि मधेसवादीमा पनि झगडा छ । अहिले नै झगडा गर्नेहरुले पछि झन् किन नगर्लान् ? त्यसैले प्रधानमन्त्री बन्ने भनेर फँस्ने कुरा हुँदैन,’ देउवाले भने ।उनले प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालको सम्बन्ध, माओवादी र एमालेको सम्बन्ध र जनता समाजवादी पार्टीको भूमिका हेरेर विचार गर्ने बताए । ‘त्यसैले प्रधामनमन्त्री हुन मेरा बाबै गरेर हिँडेको पनि छैन । टाउकोमा आए भाग्ने पनि छैन भनेको हुँ,’ देउवाले पुरानो भनाइ दोहर्‍याए ।उनले एक डेढ वर्षपछि स्थानीय तहको चुनाव हुने हुँदा त्यता ध्यान दिन कार्यकर्तालाई अनुरोध गरे । ‘अर्ली इलेक्सन’को चर्चा चलेको हुँदा जुनसुकै बेला पनि चुनाव हुनसक्ने सम्भावना रहेको उनले बताए । उनले जनताका घरघर जान नेता कार्यकर्तालाई अपिल गरे ।‘चुनावमा उठ्ने चाहना राखेको नेता कार्यकर्ता, पार्टी बलियो बनाउन चाहने नेता जनताको दैलोमा दु:ख सुखमा साथ दिन वर्षमा तीन पटक त पुगेको हुनु पर्‍यो नि ! जनताले सेवा गर्नेलाई चुनावमा जिताउँछ । त्यसैले जनताको समर्थन लिन लागौं,’ उनले भने ।

0Shares