राष्ट्रिय

पिपल बाट हुने फाईदा

0Shares

काठमाडौ,असार १८: पिपलको रुख नचिन्ने र नदेख्ने सायद होलान, ठुला-ठुला रुखदेखि स-साना पोथ्रा यत्रतत्र पनि फैलिरहेको देख्न सकिन्छ। पीपल सबैभन्दा बढी अक्सिजन दिने वनस्पतीमा पर्दछ। हिन्दू धर्ममा पीपलको रूखको धेरै नै महत्व छ। वनस्पति विज्ञान र आयुर्वेद अनुसार पनि पीपलको धेरै लाभ छन्, जसमध्य यहाँ ८ वटा ठूलो फाईदा उल्लेख गरिएको छ ।

१) स्वास लिन कठिनाई भएमा पीपलको बोक्राको चूर्ण बनाएर खाने अर्थात पीपलको पातलाई दूघमा उमालेर खाने।
२) दाँतको लागि पीपलको दतियुनले दाँत माझ्ने, यस अतिरिक्त १० ग्राम पीपलको बोक्रा, कत्था र २ ग्राम मरिच पिनेर मन्जन बनाएर दॉत माझ्ने।
३) कुनै विषालु जीव-जंतुले टोकेमा पीपलको पातको रस बनाएर खुवाउने।
४) छालाको रोग घाउ खटिरामा कमलो पात खाने वा काढा बनाएर पिउने। घाउ खटिरामा पातको रस वा लेप बनाएर लगाउने।
५) रूघा लागेको बेला मिश्रीसँग सुकेको पात उमालेर काडा बनाएर पिउने।
६) त्वचा सफा सुन्दर राख्न पीपलको बोक्राको वा पातको लेप लगाउने।
७) तनाव हटाउन पीपल एंटीआँक्सीडेंटबाट भरपूर हुन्छ। कमलो पत्ता चपाएमा तनाव कम हुन्छ। बुढौली (एजिंग) लाग्न ढिला गरिदिन्छ।
८) नाथ्रो फुटेर रगत बगेमा पातको रसको केही थोपा नाकमा हाले रक्तबहाव थामिन्छ। पातलाई माडेर सुँघेमा सिघ्र आराम दिन्छ।

0Shares