पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ मात्र
काठ्माण्डौ, माघ २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको माघ २८ गते बसेको आईसीएसका पदाधिकारीसहितको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धित बैठकको निर्णयले अब कोभिड १९ पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ निर्धारण गरेको छ। यससंगै सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ नमुना परीक्षणकालागि एक हजार रुपैयाँ मात्र लाग्ने भएको छ।
बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी गराएको हो ।
यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ लिने गरेको थियो।